धारिलो हतियार प्रहारबाट दुई युवती घाइते

एलिसा श्रेष्ठ

भोजपुर — जिल्लामा धारिलो हतियार प्रहारबाट दुई जना घाइते भएका छन् । पौवादुम्मा गाउँपालिका-३ च्याङ्ग्रेमा धारिलो हतियार प्रहारबाट २८ वर्षीया मनिकला शाक्य र १७ वर्षीय भद्रिका राई घाइते भएका प्रहरीले जनाएको छ । शाक्य र राई दुवैलाई शुक्रबार घरमा बसिरहेको बर्ला स्थानीय ४२ वर्षीय कुमार श्रेष्ठले धारिलो हतियार (बाम्फोक) प्रहार गरेका हुन् ।

राई र शाक्यको गाला र हातका औंलामा चोट लागेको छ ।


भद्रिकाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने शाक्यको टाउको, औंलामा गहिरो चोट लागेकोले स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए । श्रेष्ठलाई हतियारसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा राखिएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रेष्ठको मानसिक सन्तुलन ठीक नभएको स्थानीयले बताए ।



प्रकाशित : जेष्ठ ११, २०७६ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?