सामूहिक हत्याको शोकमा विद्यालय बन्द

आनन्द गौतम

ताप्लेजुङ — सामूहिक हत्याकाण्ड भएको पाँचथरको मिक्लाजोङ गाउँपालिकाका शैक्षिक सस्थामा मंगलबार विदा गरिएको छ । हत्या भएका चार बालबालिकाको शोक मनाउन गाउँपालिकाले सार्वजनिक विदा दिएको हो । 

जेठ ६ गते राति भएको हत्याकाण्डमा मिक्लाजोङ ३ आरुबोटेका धनराज शेर्माका छोरीहरु मुना, योवना, र इक्सा सेर्मा तथा बमप्रसाद फियाककी नातिनी श्रेया खजुमको हत्या गरिएको थियो ।


उनीहरु सबै आरुबोटे माविमा अध्ययनरत थिए । विद्यालयले भने गत शुक्रबार शोकसभा गरेको थियो ।


गाउँपालिका शिक्षा शाखाको प्रस्तावमा कार्यपालिकाले विदा अनुमोदन गरेको गाउँपालिकाले जनाएको छ । यहाँ ८ वटा वडा रहेका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?