मिर्गौला प्रत्यारोपणका लागि २ लाख सहयोग

कान्तिपुर संवाददाता

सुनसरी — मोरङको बेलबारी बस्ने ४४ वर्षीय सोमबहादुर श्रेष्ठलाई धरानका संस्थागत विद्यालयहरुले बुधबार २ लाख ३ हजार ९ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् । चार वर्षदेखि दुवै मिर्गौला खराब भएर उपचार (डाइलाइसिस) गरिरहेका श्रेष्ठलाई बचाउन संस्थागत विद्यालयहरुले आर्थिक सहयोग गरेका हुन् ।


धरानस्थित ज्ञानोदय सेकेण्डरीका भाइस प्रिन्सिपलसमेत रहेका उनका दाजु खेमराज श्रेष्ठले स्वदेश र विदेश बस्ने मनकारी नेपाली समुदायबाट उपचारका लागि सहयोग जुटिरहेको बताए। चिकित्सकले मिर्गौला प्रत्यारोपणको व्यवस्था नभएसम्म डाइलाइसिस गर्नु पर्ने सुझाव दिएको श्रेष्ठले बताए।
उनले एउटा मिर्गौला प्रत्यारोपण गर्न कम्तीमा ४० लाख रुपैयाँ आवश्यक पर्ने भएकाले रकम जुटाउने अभियानमा लागेको श्रेष्ठले बताए। भाइ बचाउन आर्थिक संकलनमा जुटेका खेमराजले भने, ‘मिर्गौला प्रत्यारोपण गर्न खर्चिलो छ। चार वर्षको अवधिमा १२ मिर्गौला डाइलाइसीस र अन्य उपचारमा धेरै खर्च भएको छ। जति सक्दो चाँडो आर्थिक संकलनमा जुटेका छौं। सोही संकलित रकमले सोमबहादुरको मिर्गौला प्रत्यारोपण गर्ने सोच बनाएका छौं। आफ्नो गच्छेअनुसार आर्थिक सहयोग भएमा सोमबहादुरलाई बचाउन सकिन्छ भन्ने आशा पलाएको छ।’

प्रकाशित : जेष्ठ २९, २०७६ १६:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एक्कासी बाँध खोल्दा खोलाले विद्यार्थी बगायो 

कान्तिपुर संवाददाता

धादिङ — टारीबेंसीको आँखुखोलामा लुगा धुन गएकी विद्यार्थी १९ वर्षीया विपना भुसाल बेपत्ता भएकी छिन् । आँखुखोला हाइड्रोपावरको बाँध खुलेर खोला बढेपछि भुसाललाई बगाएको हो । दाङ जिल्ला घर भएकी भुसाल विनायक कलेजमा हेल्थ असिसटेन्ट (एचए) अध्ययनरत थिइन् ।

उनी प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा प्रयोगात्मक कक्षाका लागि आएकी हुन् ।

खोला किनारमै लुगा धुदै गरेकी भुसाललाई टारीबेंसीबाट बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । बाँध खोल्दा आँखुखोला हाइड्रोपावरले स्थानीयलाई पूर्वसूचना नदिएको सल्यानटार निवासी सामाजिक कार्यकर्ता सञ्जु श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ २९, २०७६ १६:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT