अग्नि पीडितको बिचल्ली

इलाम — आगोले घरबास उठाएपछि सन्दकपुर गाउँपालिका माइपोखरी आशपासका बासिन्दा कठिन दैनिकी गुजारी रहेका छन्  । गएको फागुन ३० गते आगलागी हुँदा ७ परिवार बिचल्लीमा परेका हुन्  ।

पीडितले अस्थायी टहरामा नै बालबच्चासहित कष्टपूर्ण रात गुजारिरहेका छन् भने केही परिवार नजिकैको पर्यटन सूचना केन्द्र भवनमा बसेका छन् ।

‘भएभरको सबै जायजेथा सकिएकाले पहिलाको जस्तो घर बनाउन सक्ने अवस्थामा छैनौं,’ पीडित निमदोर्जे शेर्पाले भने, ‘सहुलियतमा ऋण पाइन्छ कि भन्ने आशामा बसिरहेका छौं ।’ यसका लागि स्थानीय सरोकारवाला निकायदेखि केन्द्रसम्म पहल गरेको उनले जानकारी दिए । धार्मिक, जैविक र पर्यटकीय महत्त्वको माइपोखरी आउने पर्यटकका लागि खान र बस्नको प्रबन्ध गर्दै आएका उनीहरूले अहिले दैनिक होटल मात्र सञ्चालनमा ल्याएका छन् ।

आगलागीका कारण निम दोर्जे शेर्पा, लाक्पा शेर्पा, कमल मुखिया र गमबहादुर मुखियाको घर पूर्णरूपले क्षति भएको थियो । त्यस्तै ती घरमा बसोबास गर्दै आएका निङ्मा दिक्की शेर्पा, चक्रदिप मुखिया र कमला मुखिया पनि पूर्णरूपमा प्रभावित भएका हुन् ।

प्रकाशित : जेष्ठ ३१, २०७६ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?