कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाढीपहिरोबाट क्षतिको विवरण संकलन सुरु

दीपेन्द्र शाक्य

संखुवासभा — उत्तरी क्षेत्रमा आएको बाढी पहिरोको क्षतिको विवरण संकलन सुरु गरिएको छ । नुम र हेदांनाका प्रहरीको सक्रियतामा विवरण संकलन सुरु गरिएको हो । 

बाढीपहिरोबाट क्षतिको विवरण संकलन सुरु

जिल्ला प्रहरीका डीएसपी मीमबहादुर लामाका अनुसार मकालु गाउँपालिका ५ को पेपुवा, सवाङ, सेक्तेमानेडाँडा, सोक्देम्मा लगायतका गाउँमा प्रहरीले क्षतिको बिवरण संकलन गरेको हो । ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक टीकाराम राई र इलाका प्रहरी हेदांङ्नाका प्रहरी नायब निरीक्षक असोककुमार सिंहको टोली घटनास्थल पुगेको छ ।


क्षतिको विवरण संकलन दुई स्थानबाट भइरहेको छ, डीएसपी लामाले भने, भौगोलिक कठिनाईका कारण समस्या भएको छ । एउटा गाउँबाट अर्को गाउँ पुग्न भन्टौ डिह्नु पर्ने भएकाले क्षति कति भयो भन्ने तथ्यांक आउन समय लागेको उनले बताए ।


प्रहरीको टोलीले रुक्छोङ र पेपुवामा क्षतिको विवरण संकलन गरिरहेको उनले बताए । सोमबार राति आएको बाढी पहिरोले खाँदबारी किमाथांका सडक खण्ड अवरुद्ध पारेको छ । यो सडकमा यातायातका साधन चलेका छैनन् । 'जतासुकै पहिरो गएको छ, लामाले भने, 'पहिरो पन्छाउने काम गरेपनि पानी पर्नासाथ झरी हाल्छ ।'


किमाथांका सडक अन्तगत पर्ने चिचिला गाउँपालिका ४ स्थित सुम्मा भिरदेखि कप्ताने सम्मको सडकमाथिबाट झरेको पहिरोले बगाएको छ, उनले भने, पहिरोले मकालु गाउँपालिका ५ नुम बजारबाट फयाक्सिन्दा जाने सडक बगाउँदा यातायात अवरुद्ध भएको छ ।


मकालु गाउँपालिकाको विभिन्न भूभागमा लाखौं बराबरको अन्नबाली समेत बगाएको छ । पहिरोले किमाथांका सडक खण्डको यातायात सुचारु हुन अझै केही दिन लाग्ने उनले बताए । सडक खण्डमा पहिरो पन्छाउने काम भइरहेको भए पनि वर्षाका कारण समस्या भएको छ । यो क्षेत्रमा टेलिफोन र विद्युत् समेत अवरुद्ध छ


पहिरोले मकालु गाउँपालिका ५ मा निर्माण भइरहेको अरुण तेस्रोको करोडौंको निर्माण सामग्री बगाएको छ । पहिरोले निर्माणाधीन ९ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइडमा समेत क्षति पुर्‍याएको छ ।

प्रकाशित : असार ५, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?