कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

अवरुद्ध सडक पाँचौ दिनमा खुल्यो

आनन्द गौतम

ताप्लेजुङ — पहिरोले सिरिजघा गाउँपालिकाको अवरुद्ध सडक पाँचौं दिनमा खुलेको छ। गाउँपालिकाले स्काइभेटर मेशिन प्रयोग गरेर सडक खुलाएको अध्यक्ष टिका गुरुङले बताए । सडक खुलेसँगै गाउँपालिकाको केन्द्रसम्मै यातायात पुग्न थालेको उनले जानकारी दिए ।

वर्षाका कारण सिरिजंघा १ सिनाममा पहिरो झरेको थियो । सडक अवरुद्ध भएपछि कञ्चनजंघा क्षेत्र र गाउँपालिका केन्द्र जाने र फर्कने यात्रुलाई समस्या भएको थियो । यो सडक भएर झापा बिर्तामोड र सदरमुकाम फुङलिङवाट सवारि चल्ने गरेका छन् ।


पाँचथरको फिदिम, इलाम पनि यही मार्ग भएर जान्छ । याम्फुदिन, मामांखे, खेवाङवाट आउने यात्रुलाई पहिरोका कारण समस्या भएको थियो । यो ठाउँ कच्चा भएकाले सडक घुमाउने प्रयास भइरहेको अध्यक्ष गुरुङले बताए ।

प्रकाशित : असार ७, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?