कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सौताको घाँटी रेटी हत्या

उदयपुर — उदयपुरको कटारी नगरपालिका-४ मरुवाकी १ महिलाको आइतबार घाँटी रेटी हत्या भएको छ । श्रीमान् ३१ वर्षीय प्रधान राईले कान्छी श्रीमती ल्याएपछि अलग्गै बसेकी ३० वर्षीया सीता राईले आफ्नी सौता २० वर्षीया लक्ष्मी राईको हत्या गरेकी हुन् । 

सौताको घाँटी रेटी हत्या

श्रीमानले कान्छी श्रीमती ल्याएपछि उनी मानसिक रुपमा विछिप्त रहेको स्थानीयलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए । श्रीमानको घरबाट १ सय मिटर पर बस्दै आएकी सिताले सौतालाई आफ्नै घरमा बोलाएर दिउँसो १ बजे कोही नभएको मौकाछोपी तरकारी काट्ने चक्कुले घाँटी रेटेर हत्या गरेको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिए ।


घटना लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट पुगेको टोलीले महिलासहित उनले हत्या गर्न प्रयोग गरेको चक्कु नियन्त्रणमा लिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : असार ८, २०७६ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?