१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पुनर्निर्माण सर्वेक्षणका निम्ति म्याद थप

भोजपुर — निजी आवास पुनर्निर्माण लाभग्राहीलाई नेपाल सरकारले प्रदान गर्ने सरकारी अनुदान सम्झौता जेठ मसान्तसम्म सम्पन्न गर्न सरकारले आग्रह गरेको थियो । यस समयमा विभिन्न कारणले सबै पीडितको गुनासो नसमेटिएकाले पुनः म्याद थप गरेको छ । 

जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरको आयोजनामा जिल्लास्थित सरोकारवालाको बैठक बसी सर्वेक्षणका लागि असार २१ सम्म सम्झौता र असार मसान्तसम्म प्रथम किस्ता लिनुपर्ने भनिएको छ । नभए सरकारले पीडितका लागि अनुदान दिने भनेको कुनै पनि किस्ता नपाउने आयोजना कार्यान्वयन इकाई भोजपुरका कार्यालय प्रमुख राजनराज रेड्डीले बताए ।


छुट तथा पुनर्निर्माण सर्वेक्षणका लागि भोजपुरबाट ५ हजार २ सय ९ घर छन् । जसमा अरुण गाउँपालिकाबाट ३ सय ७६ घर, पौवादुङमा १ सय २८, साल्पासिलिछोबाट ८ सय १४, षडान्नद नगरपालिकाबाट १ हजार १ सय ९२, हतुवागढीबाट २ सय २, टेम्केमैयुमबाट ४ सय १३, रामप्रसादराई गाउँपालिकाबाट ८ सय ९९, भोजपुर नगरपालिकाबाट ७ सय ८६ र आमचोक गाउँपालिकामा ३ सय ९७ घर छन् ।


सम्झौता हुन बाँकी निजी आवास पुनर्निर्माणमा भूकम्प प्रभावित लाभग्राही भोजपुर नगरपालिकाबाट एक सय ३९ घर, षडानन्द नगरपालिकाबाट ७१ घर, साल्पासालिछोबाट एक सय ३३ घर, अरुणबाट ३७ घर, पौवादुम्मामा ८४, हतुवागढिमा ४१, आमचोकमा ९४, टेम्केमैयुममा ५६ र रामप्रसादराई गाउँपालिकामा ७६ घर छन् ।


जिल्लामा भूकम्पबाट ५ हजार ७ सय ४९ घर पूर्ण क्षति भएका थिए । तीमध्ये ५ हजार एक सय ७२ घरले सम्झौता गरेका छन् । सम्झौता भएकामध्ये ५ हजार एक सय ४२ घरले पहिलो किस्ता, ३ हजार ६ सय ५८ घरले दोस्रो किस्ता र १ हजार ५ सय ६९ जनाले तेस्रो किस्ता पाएका छन् ।

प्रकाशित : असार ९, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?