१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मर्निङवाक हिँडेकाबाट सिक्री लुट्ने दुई पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — मर्निङवाक गरिरहेका महिलासँग भएको सुनको सिक्री लुटपाट गर्ने धरानका दुई युवालाई मंगलबार बिहान स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

मर्निङवाक हिँडेकाबाट सिक्री लुट्ने दुई पक्राउ

पक्राउ पर्नेहरुमा तेह्रथुम आङ्दिम–३ घर भई हाल धरान–३ बस्दैआएका २० वर्षीय रामकुमार दर्लामी र धरान ३ बस्ने १८ वर्षीय विनोद राई रहेका छन् ।


उनीहरुले धरान–१५ श्यामचोक बस्ने ४० वर्षीय कमला गौतमले घाँटीमा लगाएको अढाइतोलाको सुनको सिक्री लुटेर भाग्ने प्रयास गरेका थिए । बिहान साढेपाँच बजेको समयमा मर्निङवाक गर्दै मेरिगोल्ड स्कुल नजिकै पुग्दा दर्लामी र राईले पछाडिबाट धक्का दिएर सुनको सिक्री लुटेपछि गौतम चिच्याउँदै लुटेराको पछि दौडेकी थिइन् । उनको पछि अरु पनि मर्निङवाक गर्दै हिडिरहेकाहरुले करिब पाचसय मिटरसम्म खेदाएर राई र दर्लामीलाई समातेर प्रहरीलाई बुझाएको प्रत्यक्षदर्शीहरुले बताए ।


लुटेराहरुको साथबाट गौतमको सुनको सिक्री र दुईथान मोबाइल बरामद गरेको छ । प्रहरीले दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


धरानमा तीनसाता अघिमा श्रृङ्खलाबद्ध धरान–१५ को पुर्वाञ्चल ज्ञान चक्षु मार्ग, धरान–१६ गणेमान चोक र धरान १४ विजयपुर दरवार क्षेत्रमा मर्निङवाक गर्ने महिला र पुरुषहरुबाट सुनको सिक्री, औंठी लुटपाट भएकाे थियाे ।

प्रकाशित : असार १०, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?