कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोलुङले दियो २ सयलाई रोजगारी

गाउँपालिकाद्वारा २ सय युवालाई १५ दिनका लागि रोजगार 

ओखलढुंगा — प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मोलुङ गाउँपालिकाले १५ दिनका लागि २ सय युवालाई रोजगारी दिएको छ । प्राविधिक अध्ययन गरी बेरोजगारमध्येबाट २ सयलाई रोजगारी दिइएको हो ।

मोलुङले दियो २ सयलाई रोजगारी

गाउँपालिकामा २ हजार ४ सय ४१ जना बेरोजगारमा सूचीकृत छन् । त्यसमध्येकै दुई सयलाई रोजगारी दिइएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक गोपाल नेपालले बताए । यस कार्यक्रमअन्तर्गत मोलुङ गाउँपालिकाका लागि २४ लाख ससर्त अनुदान बजेट प्राप्त भएको थियो । बजेट ढिलो निकासा भएकाले असारमै खर्च गर्नका लागि काम गर्न धौधौ भएको छ ।


‘यसपालि अलि ढिलो बजेट आएकाले फिर्ता नहोस् भन्ने उद्देश्यले काम गर्दा मुस्किल भएको छ ।’ संयोजक नेपालले भने, ‘अर्को साल बेलैमा बजेट आयो भने यस्तो हतारमा पक्कै काम गर्नु नपर्ला ।’ गाउँपालिकाले आफ्नो सबै वडामा निर्मित १२ महिना सवारी चल्ने सडकमा सफाइ र पानी कटाउने काममा बजेट खर्च गरेको छ ।


प्रत्येक वडालाई २ लाख १० हजारको दरले बजेट पर्ने गरी काम गराइएको जनाइएको छ । कार्यक्रमको औपचारिक उद्घाटन संघीय सांसद यज्ञराज सुनुवार र गाउँपालिकाका जनप्रतिनिधि आफैले काम गरेर गरेका थिए । कामका लागि पारिश्रमिकमा आधारिक सामुदायिक आयोजना कार्यविधि २०७५ अनुसार काम गरिएको गाउँपालिकाले जनाएको छ ।


कार्यविधिअनुसार श्रमिकको ज्यालामा ७० प्रतिशत, निर्माण सामग्री खरिदमा २५ प्रतिशत र व्यवस्थापन सुपरिवेक्षण कन्टिन्जेन्सीमा १ प्रतिशत खर्च हुनेछ । यहाँको अन्य स्थानीय तहमा सिद्धिचरण नगरपालिकामा ३४ लाख, सुनकोसीमा २५ लाख, खिजिदेम्बामा २३, चिशंखुगढीमा २३ लाख बजेट यही कार्यक्रमका लागि प्राप्त भएका छन् । त्यसैगरी मानेभन्ज्याङमा २७ लाख, लिखुमा २२ लाख र चम्पादेवीमा २५ लाख बजेट प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्राप्त भएको छ ।

प्रकाशित : असार ११, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?