गाउँसभा बिथोल्ने प्रयास

खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँसभा नेकपा पक्षधरले बिथोल्ने प्रयास गरेका छन् । ०७६/७७ को नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँका वडा अध्यक्ष भीमबहादुर खत्री, वडा नं–४ बतासेका लोकेन्द्र राई र वडा नं–६ छितापोखरीका मिलन राईले बिथोल्ने प्रयास गरेका हुन् ।

गाउँकार्यपालिकाको असार–५ गतेको बैठकले वडालाई बजेट तथा कार्यक्रम नदिने र गाउँपालिकाले नै बजेट तथा कार्यक्रम वितरण गर्ने निर्णय गरेकाले आफूहरूले विरोध गरेको वडा नं–४ बतासेका वडा अध्यक्ष लोकेन्द्र राईले बताए ।


उनीहरूले टेबल–कुर्सी समेत तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले भने बिथोल्ने प्रयास गरे पनि नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको बताए । नीति, बजेट तथा कार्यक्रम प्रस्तुतपछि आगामी असार १३ गतेसम्मका लागि गाउँसभा स्थगित गरिएको राईले सुनाए ।


अध्यक्ष राईका अनुसारभित्र गाउँसभा चलिरहँदा बाहिर नेकपाका जिल्लातहसम्मका नेताले भाषण गरेका थिए । नेकपा खोटाङका सचिव राम दंगाल, नेकपाकै जिल्ला सदस्य दीपक पाण्डे, इन्द्र दंगाल, समाजवादी नेपालका नेता केशवराज कार्की लगायतले होहल्ला गर्दै बिथोल्ने प्रयास गरेको अध्यक्ष राईले बताए । नेकपा पक्षधरहरूले भने आफ्नो मागलाई बेवास्ता गर्दै प्रहरी परिचालन गरेर जबरजस्ति गाउँसभा सञ्चालन गर्ने प्रयास गरेकाले बिथोलेको बताएका छन् ।

प्रकाशित : असार १२, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?