कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किराना पसलमा आगलागी 

चन्द्र कार्की

तेह्रथुम — पाँचथरको कुम्मायक गाउँपालिका ४ तिङदेन बजारकाे एक पसलमा बिहीबार बिहान आगलागी हुँदा सामानसहित पूरै घर जलेकाे छ ।

किराना पसलमा आगलागी 

व्यवसायी तिलबिक्रम सम्बाहाम्फेको किराना पसलमा आगलागी हुँदा सुन, नगद, खाद्यान्न, लत्ता कपडा, भाँडाबर्तन लगायत अन्य दैनिक उपभोग्य वस्तु जलेकाे हो ।


आगलागीमा घर पूर्णरुपमा जलेको छ । विद्युत सर्ट भएर आगो लागेको पीडित सम्बाफाम्फेले बताए । इलाका प्र्रहरी कार्यार्लय यासोक, जनप्रतिनिधि, स्थानीयवासी समेतले २ घण्टा पछि आगो नियन्त्रणमा लिएका थिए ।


आगो नियन्त्रणका लागि पानी बोक्न गाउँपालिकाको ट्याक्टर प्रयोग गरिएको थियो । आगलागी पछि सम्बाहाम्फे छिमेकीको आश्रयमा पुगेका छन् ।

प्रकाशित : असार १२, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?