कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सांसद्को प्रश्न- रातो किताब गुलाबी रंगमा किन ?

विनियोजन विधेयकमाथिको छलफल : 'सांसदको योजना बजेटमा परेन’
देवनारायण साह

(मोरङ) — देवनारायप्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आउँदो आर्थिक वर्षको बजेट प्रणालीका आधारमा ल्याएकाले सांसदले सिफारिस गरेका योजना छुटेको बताएका छन् । प्रदेशसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा सोमबार सांसदले उठाएको प्रश्नको मंगलबार जवाफ दिंदै घिमिरेले एउटा प्रणाली बसाएर सबै निर्वाचन क्षेत्रमा समानुपातिक रुपमा बजेट विनियोजन गरिएको बताए ।ण साह 

सांसद्को प्रश्न- रातो किताब गुलाबी रंगमा किन ?

‘प्रतिपक्षी दलका सांसदले सत्तापक्षका सांसदले सिफारिस गरेका योजनामा मात्रै बजेट परेको भनाई मिथ्या हो,’ उनले भने, ‘मन्त्रीको क्षेत्रमा बढी बिनियोजन गरिएको भनाई पनि सांसदको गलत छ, सबै निर्बाचन क्षेत्रमा समानुपातिक रुपमा बजेट बिनियोजन गरिएको छ ।’ बजेट सिलिङ्ग कम भएकाले नयाँ योजना ल्याउन नसकिएको उनको भनाई थियो ।


विद्यालयमा आईसिटी कार्यक्रम, प्रदेशभरका १ सय ३७ वटै स्थानीय तहमा खेलमैदान, १४ वटै जिल्लामा रंगशाला निर्माणका लागि ७० लाखका दरले, तराईका जिल्लाका स्थानीय तहमा १५ लाख र पहाडकालाई २५ लाखका दरले खेलमैदान निर्माणका लागि बिनियोजन गर्दा पनि बजेटमा विभेद भएको भन्नु गलत भएको घिमिरेको भनाई थियो । विद्यालय नर्सिङ्ग कार्यक्रम ५६ वटा विद्यालयमा परेको छ ।


पहाडलाई उपेक्षा गरी मधेसकेन्द्रित बजेट ल्याएको सांसदको प्रश्न अनुचित छ । ‘प्राबिधिक शिक्षा कार्यक्रमका लागि मधेसमा एउटा र पहाडमा तीन जिल्लामा बजेट विनियोजन गरिएको छ,’ घिमिरेले भने, ‘बजेट मधेसकेन्द्रि नभई प्रदेशकेन्द्रित भएकाले नै धनकुट्टामा शिक्षण अस्पताल र विराटनगरमा अत्याधुनिक ल्याबका लागि बजेट बिनियोजन गरिएको छ ।’ स्वास्थ्य क्षेत्रमा आउँदो बर्षको बजेटमा जिल्ला अस्पतालको स्तरोन्नतिका लागि ४ करोड ५० लाखका दरले बिनियोजन गरेको घिमिरेले बताए ।


पहाडी जिल्लाका दुर्गम क्षेत्रमा चिकित्सक अभाव रहने गरेकाले टेलिमेडिशिन, घुम्ति सिबिर, विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा जाँच सिबिरका लागि बजेट बिनियोजन गरेको उनको भनाई थियो । ‘एकल महिला र दलितलाई आत्मनिर्भर बनाउनका लागि सीपमूलक तालिमका साथै व्यवसाय गर्न बीउ पूंजी प्रदान गर्ने कार्यक्रम ल्याएका छौं,’ उनले भने, ‘भ्रमण, तालिम, गोष्ठीमा बढी बजेट भएको सांसदहरूको प्रश्न जायज हो, यी यस्ता कार्यक्रम संघीय सरकारले परम्परागत सोचबाट ग्रसित भएर प्रदेशमा पठाएको र त्यसमा कतिपय अस्वभाविक पनि रहेकाले चित नबुझ्नु उचित हो ।’ प्रदेश सरकारले शिक्षा ऐनको मस्यौदा तयार गरेर राखेको अबस्था छ तर संघीय सरकारले शिक्षा ऐन नल्याएकाले रोकिएको घिमिरेले पि्रष्टकरण दिए ।


रातो किताब गुलाबी रंगमा किन ?

बिनियोजन विधेयकअन्तर्गतको आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट शिर्षकमाथिको छलफलमा मंगलबार सांसदले रातो किताब गुलाबी रंगमा किन आएको भन्दै प्रश्न उठाए । सात सय पृष्टको गुलाबी किताबको अक्षर अत्यन्तै सानो बनाएको भन्दै सांसदले आलोचना गरे । आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्बजनिक निजी साझेदारी, कृषि उद्यमशीलता, युवा उद्यमशीलता, संघसंस्थालगायतका शिर्षकमा बिनियोजन गरेको बजेटमा स्थान नतोकेकोले चलखेल हुन सक्ने सांसदले आशंका व्यक्त गरे । बजेटमा कोशी पारीको जिल्लालाई प्राथमिकतामा नराखेको भन्दै सांसदले आलोचना गरे ।


प्रदेश सरकारका मन्त्रालय अत्यन्तै भद्रगोल भएकाले व्यवस्थित गर्न सांसदले माग गरे । सांसद नारायणबहादुर मगरले रातो किताबलाई गुलाबी रंगमा छापिनुको कारण सोधे । आउँदो बर्षको बजेटमा कर्मचारीले आफ्नो स्वार्थ अनुकुल अत्यधिक बजेट भ्रमण भत्तामा राखिनुको औचित्यमाथि उनले प्रश्न उठाए । उदयपुरको खानेपानी अभाव रहेको लाफा गाउँमा सरकारले तत्काल बिशेष निर्णय गरेर समस्या समाधान गर्न उनले माग गरे ।


सांसद प्रकाशप्रताप हाङगामले सार्बजनिक निजी साझेदारी र कृषि उद्यमशीलतामा २० करोड, युवा उद्यमशीलतामा २० करोड र संघसंस्थाका लागि १० करोड बजेट खर्च गर्ने स्थान नतोकेको प्रति प्रश्न उठाए । उनले कस्ता संघ संस्थालाई १० करोड बाँड्ने नेकपा, युवा संघ जस्ता संस्थालाई बाँड्न बजेट बिनियोजन गरिएको हो भन्दै उनले आलोचना गरे ।

अर्का सांसद आउँदो बर्षको बजेट कोशी कट्न नसकेको र पहाड चढन नसकेको भन्दै आलोचना गरे । उनले खोटाङ जिल्लालाई बजेटमा विभेद गरेको गुनासो पोखे । उनले मन्त्रालय अत्यन्तै भद्रगोल भएकोले व्यवस्थित गर्न

माग गरे ।


सांसद लिला सुब्बाले प्रदेशमा आर्थिक अनुशासन नभएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । विनियोजन बजेटमा अर्बको एउटा पनि योजना नभएको, करोडको थोरै र

लाख र हजारका अत्यधिक योजनामा बजेट बिनियोजन गरेर समृद्ध प्रदेश निर्माण हुन्छ भन्दै प्रश्न गरिन् ।


प्रकाशित : असार १८, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?