कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अपराध बढ्यो, कारागार भरियो

पाँचथर — पाँचथरमा आपराधिक घटनामा वृद्धि भएसँगै कारागार कैदीले भरिएको छ । कारागारमा हत्या, बलात्कार, चोरी, मानहानी, बहुबिवाह, गालीबेइज्यती लगायतका आरोपीहरू राखिएका छन् । जिल्ला कारागार पाँचथरमा क्षमताभन्दा ६ दोब्बर कैदी राखिएको छ । २५ जनाको क्षमता भएको कारागारमा अहिले १ सय ४८ जना बन्दी पुगेका छन् ।

कारागारमा २ जना बालबालिका सहित १८ महिला र १ सय २८ जना पुरुष राखिएको छ । क्षमताभन्दा झन्डै ६ गुणा बढी कैदी कोचाकोच गरेर बस्न बाध्य छन् ।


प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती कैदीको चाप बढेकाले अन्यत्र सरुवा गर्न खोज्दा पनि जान नमानेको बताउँछन् । यहाँका कैदीहरूले आयआर्जनका काम समेत गरेका छन् । जसका कारण उनीहरू अन्यत्र सरुवा जान नखोजेको प्रजिअ वस्तीले बताए ।


अत्यधिक कैदी भएका कारण सुत्न समस्या हुने गरेको छ । कैदीहरूको स्वास्थ्यमा समेत समस्या देखिएको छ । कारागारमा कैदीको चाप बढेसँगै भौतिक संरचना थप गर्ने तयारी गरिएको छ ।


३ सय ५० जना क्षमता भएको कारागार निर्माणका लागि आवश्यक प्रकृया अघि बढाएको वस्तीले बताए । पछिल्लो समय कैदीको चाप बढेसँगै सुरक्षालाई मध्यनजर गरी सीसी क्यामरा जडान गरिएको छ ।

प्रकाशित : असार २३, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?