कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैदीद्वारा आत्महत्या

डम्बरसिं राई

खोटाङ — खोटाङ जिल्ला कारागारका एक कैदीले आत्महत्या गरेका छन् । कर्तव्य ज्यानमा जेल जीवन बिताइरहेका केपिलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राईले आत्महत्या गरेका हुन् ।

आइतबार बेलुकी सात बजेतिर कारागार प्रशासनले जानकारी गराएपछि घटनास्थल पुग्दा कम्पाउण्डभित्रैको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक बामदेव गौतमले बताए ।


उनका अनुसार कारागारभित्र विभिन्न सामान उत्पादनका लागि ल्याइएको डोरीमा झुण्डिएर आत्महत्या गरेको पाइएको छ । मृतकको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । मृत्युपछि आफन्तलाई झिकाइएको र उनीहरुको जाहेरीपछि पोष्टपार्टम गरी आफन्तलाई शव बुझाइने डिएस्पी गौतमले सुनाए ।

प्रकाशित : असार २३, २०७६ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?