३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

करेन्टले २ जनाको मृत्यु

विराटनगर — मोरङ र सुनसरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका ५ आपगाछीमा ढलेको बिजुलीको खम्बाबाट तारमा प्रवाह भएको करेन्ट लाग्दा स्थानीय १२ वर्षीय प्रमोद ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरी सुनसरीको धरानमा रेडियो बजाउनका लागि बिजुलीको प्लकमा तार जोड्न खोज्दा करेन्ट लागेर स्थानीय ६७ वर्षीय बिर्खबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २५, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?