कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

हिले-भोजपुर सडक अवरुद्ध 

धनकुटा — अविरल वर्षाको कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले-लेगुवा-भोजपुर सडकमा यातायात अवरुद्ध भएको छ । धनकुटाको पाख्रिबासदेखि लेगुवा खण्डमा पर्ने माङ्माया खोलामा पुल भन्दा माथिबाट बाढी आएपछि यातायात अवरुद्ध भएको हो ।

हिले-भोजपुर सडक अवरुद्ध 

सडकका विभिन्न स्थानमा अत्याधिक हिलोका कारण प्रभावित बनेको यातायात शुक्रवार बिहानदेखि पूर्णरुपमा असहज बनेको प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले बताए । उक्त सडकमा धरानबाट धनकुटा हुँदै भोजपुर, संखुवासभा जिल्लामा यातायात सञ्चालन हुने गर्दछ । यातायात अवरुद्ध भएपछि यात्रु अलपत्र परेको छन् ।


धनकुटाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । पाख्रिबास नगरपालिका-५ स्थित डिकुरे क्षेत्रमा करिब ५ किलोमिटर सडकमा फसेका सवारीसाधन डोजरको सहायताले उद्धार गरिएको प्रहरीले जनाएको छ ।


वर्षा जारी रहेकोले सडकमा यातायात गुड्न नसक्ने अवस्थामा पुगेको पाख्रिबास प्रहरी चौकीका इन्चार्ज दीलिप चौधरीले जानकारी दिए । हिलेदेखि पाख्रिबास बिचमा गरिएको ग्रावेल वर्षाले क्षति पुर्‍याएपछि त्यस क्षेत्रमा पनि यातायात असहज बनेको उनले बताए । जिल्लाका अधिकांश ग्रामिण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका छन् । जिल्लामा अन्य ठूला जोखिमको अवस्था भने नरहेको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिए ।

प्रकाशित : असार २७, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?