खोलाले बगाएर  बालक बेपत्ता 

ज्ञानु घिमिरे

पाँचथर — पाँचथरमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । खोला तर्ने क्रममा आएको बाढीले मिक्लाजुङ गाउँपालिका–४ रबिका लोकबहादुर राईका १० वर्षीय छोरा दियान राईलाई खोलाले बगाएको हो ।

विद्यालय जाने क्रममा ती बालकलाई खोलाले बगाएको थियो ।

बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरी चौकी रबिले जानकरी दिएको छ । ती बालक रबिस्थित होलिचाइल्ड स्कुलमा कक्षा ४ अध्ययनरत थिए ।

प्रकाशित : असार २७, २०७६ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्

रनवेमा चिप्लिएपछि यति एयरलाइन्सको जहाज घाँसे मैदानमा [फोटो फिचर]

देवेन्द्र भट्टराई

काठमाडौँ — त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा 'डेल्टा' नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो । तस्बिरमा हेरौं चिप्लिएपछि यति एयरलाइन्सको अवस्था :

प्रकाशित : असार २७, २०७६ १४:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्