खोलाले बगाएर  बालक बेपत्ता 

ज्ञानु घिमिरे

पाँचथर — पाँचथरमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । खोला तर्ने क्रममा आएको बाढीले मिक्लाजुङ गाउँपालिका–४ रबिका लोकबहादुर राईका १० वर्षीय छोरा दियान राईलाई खोलाले बगाएको हो ।

विद्यालय जाने क्रममा ती बालकलाई खोलाले बगाएको थियो ।


बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरी चौकी रबिले जानकरी दिएको छ । ती बालक रबिस्थित होलिचाइल्ड स्कुलमा कक्षा ४ अध्ययनरत थिए ।


प्रकाशित : असार २७, २०७६ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?