१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दुई खोलाको भँगालोबीच १० जना अलपत्र, एकजना बेपत्ता

विराटनगर — उदयपुरको चौदण्डीमा खोलाको भंगालोबीच १० जना अलपत्र परेका छन् । चौदण्डीगढी नगरपालिकास्थित कालीखोला र लामा खोलाको दोभाननजिक सञ्चालित क्रसरमा काम गर्ने मजदुर अलपत्र परेका हुन् ।

प्रहरीका अनुसार उक्त क्रसर उद्योगका सुरक्षा गार्ड बेपत्ता भएका छन् । भंगालोबीच फसेका केही भारतीयसहित १० जना कामदार अलपत्र परेका छन् । खोलामा उर्लेको बाढीका कारण उनीहरु सुरक्षित स्थानसम्म जान सकेका छैनन् ।


स्थानीय बासिन्दा समेतको सहयोगमा प्रहरीले अलपत्र परेकाहरुको उद्धार गर्ने प्रयास भइरहेको जनाएको छ । केही दिनयता भएको अबिरल वर्षाका कारण काली र लामा खोलामा उर्लेको बाढीका कारण आसपास क्षेत्रका बासिन्दा जोखिममा परेका छन् ।

प्रकाशित : असार २८, २०७६ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?