३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पहिरोले वसन्तपुर-म्याङलुङ सडक अवरुद्ध

चन्द्र कार्की

तेह्रथुम — अविरल वर्षाको कारण जिल्लाभरको जनजीवन प्रभावित बनेको छ । पहिरो खस्दा वसन्तपुर म्याङलुङ सडक खण्डको काँडेमा सडक शुक्रबारदेखि अवरुद्ध छ ।

पहिरोले वसन्तपुर-म्याङलुङ सडक अवरुद्ध

स्काभेटरको मद्दतबाट पहिरो हटाउने काम भइरहेपनि माथिबाट निरन्तर पहिरो बगिरहेकाले सवारी खुलाउन समस्या भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । सो सडक खण्डमा २० भन्दा बढी स्थानबाट पहिरो खसेको छ ।


यसैगरी, मध्यपहाडी लोकमार्ग अन्तर्गत आठराई म्याङलुङ सडक खण्ड पनि ४ दिनदेखि अवरुद्ध भएको छ । सिधुवा शुक्रबारे, शुक्रबारे म्याङलुङ, जिरीखिम्ती मोराहाङ, म्याङलुङ लुमुघाट लगायत सदरमुकाम जोड्ने १० बढी सडक अवरुद्ध भएका छन् । यी सडकका दर्जनौँ स्थानमा सवारी फसेका छन् ।


पहिरोका कारण विभिन्न स्थानमा घर भत्किएका छन् । लालीगुराँस नगरपालिका २ बसन्तपुर बजारका ७ बढी घरमा पहिरोले क्षति पुगेको छ । बसपार्क छेउमा रहेका रत्न बहादुर कार्की, खेम कार्की, डिल्ली कार्की र नाम नखुलेका सोही स्थानको अर्को घरमा पहिरोले क्षति पुर्‍याएको छ ।


आसपासका अधिकांश घर उच्च जोखिममा रहेको स्थानीय खेम कार्कीले बताए । त्यस्तै वसन्तपुर बजार क्षेत्रकै प्रगति टोलका ५ बढी घरपनि पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । उच्च जोखिममा रहेका घरपरिवारलाई त्यहाँबाट अन्यत्र सुरक्षित स्थानमा सर्न भनिएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ ।

प्रकाशित : असार २८, २०७६ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?