३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

धरानमा डेंगु संक्रमित एक महिलाको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — डेंगुको संक्रमण फैलिरहेको बेला धरानमा एक महिलाको मृत्यु भएको छ । धरान–१५ बाझोगरा बस्ने करिब ३५ वर्षीया मनु सुनुवारको मृत्यु भएको हो । बेहोस अवस्थामा उनलाई शुक्रबार दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

धरानमा डेंगु संक्रमित एक महिलाको मृत्यु

सुनुवारको रगतमा डेंगु भाइरस देखापरेको प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकाश साहले बताए ।


चिकित्सकहरुले फोक्सोबाट रक्तश्राव भएको बताएका छन् । उनको रगत जाँच गर्दा डेंगु भाइरस फेला परेको थियो । थप उपचारका लागि उनलाई सघन उपचार कक्षमा रहेको बेडमा भर्ना गर्नासाथ सुनुवारको मृत्यु भएको धरान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए ।


चैत २९ गतेदेखि हालसम्ममा करिब १ हजार ५ सय जनामा डेंगु संक्रमण फैलिएपनि कसैको मृत्यु भएको थिएन । केही सातादेखि संक्रमितको संख्या घट्दै गएपनि पूर्णरुपमा डेंगु संक्रमण नियन्त्रणमा अझै आइसकेको छैन ।

प्रकाशित : असार २८, २०७६ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?