कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

राँके–फिदिम सडकखण्ड एकतर्फी सञ्चालनमा

ज्ञानु घिमिरे

पाँचथर — लगातारको वर्षापछि गएको पहिरोका कारण बिहानदेखि अवरुद्ध रहेको मेची राजमार्गको राँके–फिदिम सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

बिहानैबाट सडकमा पहिरो झरेपछि अवरुद्ध राँके– फिदिम सडकखण्डको फाल्गुनन्द गाउँपालिका–३ पाँग्रेभीको सडक अवरुद्ध भएको थियो ।


पानी केही कम भएपछि अहिले एकतर्फी रुपमा सडक सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथरका ट्रफिक प्रमुख जनक तिम्सिनाले दुवैतर्फ सवारी सुचारु गर्नका लागि पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए ।


पहिरोका कारण पाँचथर, ताप्लेजुङ, तेह्रथुम, झापा र राजधानी जाने सवारीसाधनहरु बाटोमै रोकिएका थिए ।


प्रकाशित : असार २८, २०७६ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?