कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

जनता अवासको पहिलो किस्ता वितरण

इलाम — जनता आवासमार्फत घर निर्माण सुरु गरेका परिवारले पहिलो किस्ता वापतको रकम प्राप्त गरेका छन्  । सहरी विकास तथा भवन कार्यालयमार्फत यस्तो घर बनाउन छनोट भएका इलाम र सूर्योदय नगरपालिका तथा सन्दकपुर गाउँपालिका क्षेत्रका २१ जनाले पहिलो किस्ताको रकम पाएका हुन्  ।

घडेरी सम्याएर चर खनेपछि पहिलो किस्ताको रकम प्राप्त गर्न सकिने व्यवस्था छ । दलित, विपन्न, मुस्लिम, लोपोन्मुख र अति सीमान्तकृतका लागि निःशुल्क घर बनाउने जनता आवास कार्यक्रम यो वर्ष मात्र इलाममा सुरु भएको हो । २ वर्ष अघिदेखि नै बजेट विनियोजन भए पनि कार्यक्रम सुरु हुन सकेको थिएन ।


कार्यक्रम अन्तर्गत पहिलो चरणमा सयवटा घर निर्माण गरिने कार्यालयको लक्ष्य छ । २ वटा कोठा, टाइलेट, बाथरुमसहितको घर निर्माण हुनेछ । प्रति घर निर्माणका लागि ३ लाख ३२ हजार ५ सय रुपैयाँ खर्च गरिनेछ । प्रदेश सरकार अन्तर्गत जिल्लाका १० स्थानीय तहमा ५ वटाका दरले घर निर्माण हुनेछन् ।

मापदण्ड पूरा गरेका २१ परिवारले पहिलो किस्ता वापत २५ प्रतिशत रकम पाएका हुन् । दोस्रो किस्तामा ३० प्रतिशत, तेस्रो ३५ प्रतिशत र निर्माण पूरा भएपछि १० प्रतिशत रकम सम्बन्धितले पाउनेछन् । त्यस्तै केन्द्र सरकारमार्फत आवश्यकताअनुसार ५० वटा घर निर्माण हुने कार्यालय प्रमुख सुमनकुमार मिश्रले जानकारी दिए ।

‘यो वर्ष थालनी गरियो अब चरणबद्धरूपमा प्रदेश र केन्द्र सरकारबाट प्राप्त बजेटबाट थप घर निर्माण हुनेछन्,’ उनले भने, ‘प्रदेशसभा निर्वाचन क्षेत्र जनता आवास समन्वय समितिले लक्षित समुदायबाट छनोट गरेका व्यक्तिको घर निर्माण थालिएको हो ।’

यसअघि सम्बन्धित कार्यालयले चासो नदिएका कारण यो कार्यक्रम २ वर्ष थन्किएको थियो । कार्यक्रमअन्तर्गत जिल्लामा दलित, लेप्चा, थामी र मेचे समुदायका व्यक्तिका घर बन्ने छन् ।

प्रकाशित : असार २९, २०७६ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?