डुबेर २ जनाको मृत्यु

विराटनगर — सुनसरीको हरिनगरा गाउँपालिका २ मा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । भुटाहा सिसुवाधरमपुर खण्डमा रहेको नहरको भेलमा डुबेर स्थानीय १२ वर्षीय तोसिब मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी मोरङको रंगेली नगरपालिका ९ स्थित गेउरिया खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । अन्दाजी २८ वर्षीय पुरुषको डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार उनको पहिचान खुल्न सकेको छैन ।

प्रकाशित : असार ३०, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?