कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बास्केटबल खेलाडीलाई छात्रवृत्ति

प्रदीप मेन्याङ्बो

सुनसरी — बास्केटबल खेल्ने ११ प्रतिभाशाली खेलाडीहरुलाई धरानको डिपो स्कुलले सोमबार छात्रवृत्ति प्रदान गरेको छ । सुनसरी जिल्ला बास्केटबल संघ र धरान बास्केटबल संघको सिफारिसमा उनीहरूलाई डिपो स्कुलले छात्रवृत्ति प्रदान गरेको हो । 

बास्केटबल खेलाडीलाई छात्रवृत्ति

सहभागीहरू मध्ये भर्खरै बंगलादेशमा सम्पन्न १६ वर्ष मुनिका साउथ एसियन बास्केटबल च्याम्पियनसिपमा नेपाल टिममा पर्न सफल वैभव योगी कुँवर, रुपेश राई, लाक्पा तामाङ, रोहन श्रेष्ठ, लियालिसा श्रेष्ठ, युरेका राई, एन्जल खनाल, दिक्षा लिम्बू, मलिका राई, नुप राई र भावना लिम्बू रहेका छन् ।


खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गरेको बारे स्कुल व्यवस्थापन पक्ष र सुनसरी बास्केटबल सङ्घ, धरान बास्केटबल सङ्घका पदाधिकारीहरुबीच सम्झौता भएको डिपोका प्राचार्य राजकुमार राईले बताए ।


हाल २४ जना बास्केटबल खेलाडीहरु सङ्घको सिफारिसमा धरानका विभिन्न कलेजमा अध्यन गरिरहेको सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले बताए ।


चौथो बास्केटबल ट्यालेन्ट हन्टबाट छनौट भएका खेलाडिहरु डिपो स्कुलसँगै एम्स र सगरमाथा एसडी कलेजमा सिफारिस गरिएको सुवेदीले बताए ।

प्रकाशित : असार ३०, २०७६ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?