डुबेर बालकको मृत्यु

विराटनगर — सुनसरीको दुहबी नगरपालिका २ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा घरनजिकैको पोखरीमा डुबेर स्थानीय ४ वर्षीय जुगेर मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर सिकिस्त अवस्थामा निकालिएका उनको विराटनगरस्थित एक अस्पतालमा पुर्याइएको थियो । उनको उपचारकाो क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार ३१, २०७६ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?