कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

प्रिन्सिपलले शिक्षक कुटे

भोजपुर — भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रिन्सिपलले कुटपिट गरेका छन् ।

आइतबार बिहान खाना खाएर विद्यालय जाने तयारी गर्दै गर्दा आफूलाई प्रिन्सिपल रमेशकुमार आलेले बोलाएर टाई र कोट नलगाएको भन्दै कुटपिट गरेको पिडित शिक्षक अतित अधिकारीले बताए ।


आइतबार विद्यालयको पहिलो त्रैमासिक परिक्षाको नतिजा प्रकाशित गर्ने दिन थियो ।

‘पढाइसकेपछि म स्टाफ रुममा टाइ र कोट झुन्ड्याएर जान्थें भोलिपल्ट विद्यालय समयमा लगाएर आउथें, हिजो खाना खाएर सर्ट र पेन्ट लाउँदै गर्दा सहयोगीमार्फत बोलाउनुभएको खबर आयो,’ उनले भने, ‘जाँदा खलासीजस्तो भएर आउने भनेर गाली गर्नुभयो अनि बाहिर प्यासेजमा ल्याएर कुट्नुभयो ।’ ताप्लेजुङ सिरिजंघा १ का २८ वर्षीय अधिकारी ५ महिनादेखि उक्त विद्यालयमा कक्षा ७ देखि १० सम्म अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउँदै आएका छन् । विद्यालयले नियुक्ति पत्र पनि नदिएको उनले बताए । पारिश्रमिकसमेत नदिएको उनको भनाइ छ ।


जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख रुद्र राईले दुवै पक्षलाई बोलाएर छलफल गरी समस्या समाधान खोजिने बताए । नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तीर्थकुमार राईले एउटा श्रमजीवीमाथि भएको कुटपिटमाथि आपत्ति जनाएका छन् । उनले घटनाको यथार्थ खोजी सम्बन्धित निकायले समाधानको बाटो खोज्नुपर्ने औंल्याए ।


प्रिन्सिपल आलेले भने शिक्षकको व्यवहारै अस्वाभाविक भएकाले विद्यार्थी र अभिभावकबाट समेत गुनासो आएको बताए । विद्यालयमा टोलाउने, काम नगर्ने भएको कारण सम्झाएको मात्र बताए । आफूमाथि कुटपिटको आरोप निराधार भएको आलेले बताए ।

प्रकाशित : श्रावण १, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?