फिदिम–राके सडकखण्ड पहिरोले अवरुद्ध 

ज्ञानु घिमिरे

पाँचथर — मेचीराजमार्गमा पर्ने फिदिम–राके सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका ३ को पाङग्रेभीरमा बुधबार बेलुकीबाटै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापालगायतका स्थानबाट ओहोरदोहोर गर्ने सवारीसाधन बाटोमै रोकिएको जिल्ला ट्रफिक प्रमुख जनक तिम्सिनाले बताए ।

पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने ट्राफिक प्रमुख तिम्सिनाले बताए । उनका अनुसार हाल स्काभेटर, र प्रहरको सक्रियतामा पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रकाशित : श्रावण २, २०७६ १०:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गृहमन्त्रीले गरे हजयात्रीलाई बिदाइ

रासस

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गरे । 

बिहीबारपहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन्। उक्त अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको बताए।

उनले मक्कामदिनामा गएर हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्नेसमेत बताए। उनले हज गर्न जानेले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार गर्ने धारणा राखे।

हजयात्रीलाई बिदाइ गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईसमेत सहभागी थिए। नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले सरकारको व्यवस्थापनमा विगत आठ वर्षदेखि हज गर्नका लागि मक्कामदिना पठाउने गरेको बताए। उनका अनुसार यस वर्ष करीब एक हजार २६० जना हज गर्नका लागि मक्कामदिना जानेछन्। मुस्लिम समुदायको पवित्र तिर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन्।

प्रकाशित : श्रावण २, २०७६ १०:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT