कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्पले डसेर बालकको मृत्यु

सुनसरी — धामी झाँक्रीले सर्पको विष झारिदिने विश्वासका कारण सुनसरीमा एक बालकको ज्यान गएको छ । इटहरी– ११ भुसकलुवास्थित टोलाई ऋषिदेवका १२ वर्षीय छोरा समीरलाई बिहीबार बिहान ओछ्यानमै विषालु सर्पले डसेको थियो । 

घरदेखि एक किलोमिटर टाढा रहेको सर्पदंश उपचार केन्द्रमा नलगेर उनलाई झाँक्रीकहाँ लगियो । झाँक्रीले सर्पको विष झार्न नसक्ने र तत्काल उपचार गर्नका लागि सल्लाह दिए । सर्पदंश उपचार केन्द्रमा पुर्‍याउँदा ढिला भइसकेको थियो । बालकले समयमा नै उपचार नपाउँदा उनको मृत्यु भयो ।


यस्तै, ऋषिदेवको आर्थिक अवस्था नाजुक भएका कारण अन्तिम संस्कार गराउन पनि समस्या भएको खबर पाएपछि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम र सोही वडाका जनप्रतिनिधिले खर्चको व्यवस्था गरिदिएका छन् ।


तराईमा सर्पको बिगबिगी भएकाले सचेत रहन र सर्पले डसिहाले झारफुक नगरी तुरुन्तै नजिकैको सर्पदंश उपचार केन्द्र लैजान पनि उपमेयर गौतमले आग्रह गरेकी छन् ।

प्रकाशित : श्रावण २, २०७६ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?