३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

विराटनगरमा प्रदेशस्तरीय कृषि उद्यम केन्द्र स्थापना

विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत प्रदेशस्तरीय कृषि उद्यम केन्द्र स्थापना गरिएको छ । महासंघ अध्यक्ष भवानी राणाले महासंघ प्रदेश १ समितिको सचिवालयमा उक्त केन्द्रको बिहीबार उद्घाटन गरिन् ।

विराटनगरमा प्रदेशस्तरीय कृषि उद्यम केन्द्र स्थापना

२८ वर्षदेखि नेपाल सरकारसँगको सहकार्यमा कृषि उद्यम केन्द्रले कृषि क्षेत्रमा काम गर्दै आइरहेकामा देश संघीयतामा गइसकेपछि त्यसैअनुसार सातै प्रदेशमा केन्द्र स्थापना गर्न लागिएको राणाले बताइन् । प्रदेश १ को राजधानी विराटनगरको बरगाछीमा स्थापना गरिएको केन्द्र पहिलो भएको उनले बताइन् ।


महासंघ प्रदेश समिति अध्यक्ष नरेन्द्रकुमार खड्काले कृषि क्षेत्रमा व्यावसायिक उत्पादन, प्रशोधन, बजारीकरणका माध्यमबाट रोजगार, स्वरोजगारको संख्या वृद्धि गरी हालको परनिर्भरताको अवस्थालाई आयात प्रतिस्थापनका माध्यमबाट कम गर्दै लैजानुपर्नेमा जोड दिए ।

प्रदेश सरकार, महासंघको प्रदेश समितिबीच सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्न गत माघमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र महासंघ अध्यक्ष राणाबीच समझदारी पत्रमा हस्ताक्षर भएअनुसार कृषि उद्यम केन्द्रको स्थापना गरिएको हो ।


कृषि तथा कृषिजन्य वस्तुहरुसँग सम्बन्धित सबै क्रियाकलापहरु आपूर्ति, उत्पादन, प्रशोधन, पारवहन तथा बजार व्यवस्थापन जस्ता काममा केन्द्रले सघाउने जनाइएको छ ।

प्रकाशित : श्रावण २, २०७६ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?