२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भारत लैजाँदै गरेका १० जनाको उद्धार

दुईजना पक्राउ

(विराटनगर) — रोजगारीका लागि भारतको काश्मिर लगिदिने भन्दै शंकास्पद गतिविधि गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले भारत लैजान लागेका २ महिलासहित १० जनाको उद्धार गरिएको छ ।

मोरङको उर्लाबारी ४ का २ महिला र ८ जना पुरुषलाई स्थानीय पुडका उराव, उनकी श्रीमती फूलकुमारी र अफिज अन्सारीले भारत लैजान लागेका थिए । राति सीमावर्ती भारतको जोगबनीबाट रेलमा चढेर जाने भनेर त्यहाँ पुर्‍याएको पीडितहरुले बताएका छन् । त्यस क्रममा लैजानेहरुले गोप्य रुपमा आफूहरुलाई भारत लगेर बेचिदिने कुरा गरेको थाहा पाएपछि पीडितहरुले आफन्तमार्फत प्रहरीमा खबर गरेका थिए ।


त्यसपछि टोली परिचालन गरी पीडितको उद्धार र लैजाने खोज्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण ३, २०७६ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?