कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सहिदका नामको रकम अन्यत्र

काँकडभिट्टा — झापा बुद्धशान्ति १ मा सहिद पार्कर् निर्माणका लागि गाउँपालिकाले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । झापा विद्रोहका सहिद राम प्रधान तथा माओवादी आन्दोलनका सहिदहरू वेद र नारायण आचार्यका नाममा २ लाख तथा वेद र नारायण आचार्यको नाममा थप ४ लाख रुपैयाँ विनियोजन भएको थियो । 

तर, गाउँपालिकाले रकमान्तर गरी सहिदको नामको रकम माटो परीक्षणका लागि दिएको हो । सहिद राम प्रधान स्मृति केन्द्रले माटो परीक्षण शिविर सञ्चालनका लागि गत पुस २६ गते सम्झौता गरेको थियो । उपभोक्ताका तर्फबाट शर्मानन्द घिमिरे र गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत छविलाल खतिवडाले सम्झौता गरी कृषि शाखामार्फत स्टिमेट बनेको थियो ।


बुद्धशान्ति १ का वडाध्यक्ष भीमकुमार नेवारका अनुसार वडा कार्यालय र जनप्रतिनिधि समेतलाई थाहै नदिई सहिदको नामको १ लाख रुपैयाँ माटो परीक्षणका लागि सम्झौता भएको बताए । उनले भने, ‘केही नेताहरूको तजबिजीका आधारमा बजेट रकमान्तर गरिएको देखियो ।’ यस विषयमा सहिद परिवार समेत बेखबर रहेको उनले बताए ।

प्रकाशित : श्रावण ४, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?