२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

बिरामीलाई हेलिकप्टर चार्टर

खोटाङ — पहिरोले भत्किएको सडक एक सातासम्म नबन्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । बेलामा सडक सञ्चालनमा नआएपछि बिरामी हेलिकप्टर चार्टर गरेर अन्यत्र जान बाध्य छन् ।

साताअघि पहिरोले सहरसँगको सिधा यातायात विच्छेद भएको थियो । पहिरोले सडक अवरुद्ध गरेपछि दिनहुँ जसो हेलिकोप्टर चार्टर भइरहेको छ । एउटा हेलिकोप्टर चार्टर गर्दा २ लाखदेखि अढाई लाखसम्म तिर्नु पर्छ ।


केपिलासगढी, खोटेहाङ गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायतका विभिन्न पालिकाहरूका बिरामी हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।


खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी ४० वर्षीया विमला राईले २ लाख रुपैयाँ तिरेर उपचारका लागि काठमाडौं आएकी छन् । टाइफाइडले थलिएकी राईको वीर अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै मोटरसाइकल दुर्घटनामा परेका रावाबेसी गाउँपालिका–६ डुम्रेधापानीका ३२ वर्षीय शम्भु पौडेल पनि उपचारका लागि हेलिकप्टरबाटै काठमाडौं गएका छन् ।


सडक मर्मतबारे जिज्ञासा राख्दा प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले गैरजिम्मेवजार जवाफ दिए । ‘अनावश्यक रिपोर्टिङ नगर्नुस्,’ उनले भने, ‘अब तपाईंले नै पहल गर्नुर्स् ।’


प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले सडक खोल्ने बारे धमाधम काम भइरहेको बताएका छन् । उनका अनुसार केही दिनभित्रै सडक सञ्चालन भइसक्ने छ । हलेसी तुवाचुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आ–आफ्नो नगरक्षेत्रभित्र पर्ने सडक सञ्चालनमा ल्याएका छन् । मध्यपहाडी लोकमार्ग, सगरमाथा लोकमार्ग लगायतका सहरसँग सिधा सम्बन्ध टुटेको हो । यसले सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् ।

प्रकाशित : श्रावण ४, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?