कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

घाइते मृगको पालन–पोषणमा समस्या

तेह्रथुम — महिना दिनअघि म्याङलुङमा रहेको नेपाली सेनाको देवीबक्स गुल्मको घेराबारा फलामे तारजालीमा अल्झिएको अवस्थामा उद्धार गरिएको घाइते मृगको पालन पोषणमा समस्या भएको छ ।

डिभिजन वन कार्यालयको वन्यजन्तु उद्धार गृहमा राखिएको रतुवा मृगको पालन पोषणमा समस्या भएको सहायक वन अधिकृत श्रीनारायण शाहले बताए । काँडे तारमा फसेको अवस्थामा गुल्मका जवानले फेला पारी वन कर्मचारीलाई खबर गरेका थिए ।


लामो समयको प्रयासपछि तार हटाएर उद्धार गरिएको वयस्क भाले मृगको शरीर, टाउको र खुट्टामा गहिरो चोट लागेको छ । उद्धारपछि केही समय डिभिजन वन कार्यालयको वन्यजन्तु उद्धार गृहमा राखेर पशु प्राविधिक समेतको निगरानाीमा उपचार गर्दा पनि घाउ निको नभएको वन कर्मचारीको भनाइ छ ।


मृगको शरीरमा देखिएका चोट निको नभएपछि गाडीमा राखेर धनकुटामा रहेको पशुविज्ञ केन्द्रमा लगेर उपचार गरी ल्याएको डिभिजनल वन अधिकृत सुनिलकुमार सिंहले बताए । शरीर हृष्टपुष्ट अवस्थामा फेला परेको बयस्क भाले रतुवा मृग अहिले दुब्लाएर कमजोर अवस्था पुगेको छ । शरीरमा लागेको चोटपटकको दुखाई र नयाँ बास स्थानका कारण मृगले घाँस पानीसमेत नखाएको सहायक वन अधिकृत शाहले बताए ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?