१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाबु बिते, आमा बोल्न सक्दिनन्

काँकडभिट्टा — मनकुमारी चेम्जोङ बोल्न सक्दिनन् । चार दिनअघि पति लोकबहादुर गन्धर्व बितेपछि त उनलाई आफ्नोभन्दा बढी दुई लालाबालाको चिन्ता छ । पतिको मृत्युपछि लालाबालालाई कसरी पाल्ने भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।

बाबु बिते, आमा बोल्न सक्दिनन्

लोकबहादुर बितेपछि ७ वर्षकी छोरी र अढाई वर्षको छोराको बिचल्ली भएको छ । ‘आमा बोल्न सक्दिनन्, कमाएर ल्याउने मान्छे बितेपछि यी नानीहरूको विजोग हुने भयो,’ स्थानीय समाजसेवी रामकुमार कन्दङा भन्छन् ।


साउने संक्रान्तिका दिन मासु लिन छिमेकमा गएका बिर्तामोड ६ बुट्टाबारीका लोकबहादुर बाटैमा लडेर मुर्छा परेका थिए । लामो समय नफर्किएपछि खोज्दै जाँदा बाँसघारीमा उनी अचेत अवस्थामा भेटिए । स्थानीय जसबहादुर राईको सहयोगमा घर ल्याए पनि राति २ बजे उनको मृत्यु भयो ।


लोकबहादुर आफ्नो परम्परागत बाजा सारङ्गी बोकेर बजार धाउँथे । सारङ्गीको तालमा गीत गाएर जम्मा भएको थोरै रकमबाट परिवार पाल्दै आएका थिए । ‘लोकबहादुरले बजारमा गीत सुनाएर दुई चार रुपैयाँ जम्मा गरेर परिवारको गुजारा गर्दै आएका थिए,’ अधिकारकर्मी दीपक दासले भने, ‘उनको मृत्युपछि परिवार नै बेसाहारा भएको छ । उनीहरूलाई अब जीवीका चलाउनै गाह्र्रो हुने देखिन्छ ।’


१५ वर्षअघि अबोल महिला मनकुमारीसँग अन्तरजातीय बिहे गरेका थिए, लोकबहादुरले । उनले मनकुमारीलाई सडकमा भेटेका थिए ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?