कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तमोरमा बगेर २ युवक बेपत्ता

विराटनगर — पाँचथरको हिलिहाङ गाउँपालिका वडा ५ का २ जना युवक तमोर नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हिलिहाङ ५ सुभाङका २१ वर्षीय छोरा सन्दिप सेवाहाङ र १९ वर्षीय छोरा जीवन सुहाङ छन् ।

तमोरमा बगेर २ युवक बेपत्ता

शनिबार बिहान माछा मार्न उनीहरु सुभाङ र तेह्रथुमका छातेढुंगाको सिमावर्ती क्षेत्रमा तेह्रथुमकै आफन्तसँग माछा मार्न नदीमा पसेका थिए । तमोर नदीमा पसेका उनीहरु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुलाई तेह्रथुम खण्डतर्फबाट तमोरले बगाएको थियो ।


उनीहरुसँगै रहेका तेह्रथुमका युवक भने पौडेर बाँचेको उल्लेख गर्दै बेपत्ता युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण ५, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?