जंगली च्याउ खाएर तीन परिवारका १२ जना बिरामी 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरका छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका छन् । त्रियुगा नगरपालिका –९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका –४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । 

जंगली च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमााया दनुवार, छोरा २० वर्षीय अनिश, ११ वर्षीय मनिस र १७ वर्षीया रबिना दनुवार बिरामी परेका छन् ।


यस्तै, कटारी सिसाघारीकी ३५ वर्षीया टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खादाँ टंककुमारीसहित छोराहरु १४ वर्षीय अनिश, ११ वर्षीय महेन्द्र र ९ वर्षीया छोरी सुजिता दनुवार बिरामी भएका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


टककुमारीका छिमेकी २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ समेत बिरामी भएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले वताए । उनीहरुले शनिबार जंगलबाट ल्याएर च्याउ खाएका थिए । बिरामी सबैको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : श्रावण ५, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?