तमोरमा बगेर २ बेपत्ता

विराटनगर — माछा मार्न गएका दुई युवकलाई शनिबार पाँचथरमा तमोर नदीले बगाएको छ । बगेर बेपत्ता हुनेमा हिलिहाङ–५ सुभाङका २१ वर्षीय सन्दीप सेवाहाङ र १९ वर्षीय जीवन सुहाङ छन् ।

बिहानै माछा मार्न तमोर नदीमा पसेका उनीहरूलाई तेह्रथुम खण्डतर्फ बगाएपछि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरू सुभाङ र तेह्रथुमको छातेढुंगाको सीमावर्ती क्षेत्रमा आफन्तसँग माछा मार्न नदीमा पसेका थिए ।


उनीहरूसँगै रहेका तेह्रथुमका एक युवक भने पौडेर बाँचेका छन् ।

प्रकाशित : श्रावण ५, २०७६ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?