पिण्डेश्वरमा भक्तजनको भिड 

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानको पिण्डेश्वर बाबाधाममा पहिलो पटक नेपालको पश्चिमी जिल्लाका बोलबम भक्तजनहरुको भीड लागेको छ । शिवालयमा चितवन, बैतडी, बझाङ, बाजुरालगायतका जिल्लाबाट आएका गेरु वस्त्रधारी भक्तजनको भीड लागेको हो । 

पिण्डेश्वरमा भक्तजनको भिड 

पिण्डेश्वर बाबाधामको बारेमा हिन्दु पौराणिक धार्मिक शास्त्रहरु स्कन्ध पुराण,रुद्राक्षरण्य महात्म्य लगायतमा वर्णन गरिएकाले पशुपतिनाथ मन्दिर भन्दा पुरानो मानिन्छ ।


यसअघिका वर्षहरुमा साउनको पहिलो सोमबार झापा, मोरङ सुनसरी र स्थानीय भक्तजनहरुमात्र जल चढाउन लाम लाग्ने गरेका थिए । बाबाधम समितिका अध्यक्ष विकास बनेपालीले भने, ‘हामीले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने शिलशिलामा पश्चिमका जिल्लाहरुमा पनि प्रचार प्रसार गरिएको थियो । त्यसैले ती जिल्लाबाट पनि भक्तजनहरु आए ।’


आफ्नो मनोकांक्षा पुरा हुने विश्वासले पिण्डेश्वर बाबाधामको शिवालयमा जल चढाउने बोलबम भक्तजनको भीड साउनको पहिलो सोमबारदेखि बढेको उनले बताए । धरान उपमहानगरपालिका–१४ स्थित विजयपुरको तल्लो बेदीमा रहेको नेपालकै प्रतिष्ठित शिवालय पिण्डेश्वर बाबाधाममा रुद्राक्षको माला लगाएका गेरु वस्त्रधारी भक्तजनको भीड लागेको थियो ।


जल चढाउने भक्तजनहरूको भीडलाई मध्यनजर गर्दै आयोजक समितिले सोमबार बिहान २ बजे नै मन्दिरको मूल प्रवेशद्वार खुला गरिएको थियो । साउन महिनाभर करिब ५ लाख भक्तजनले पिण्डेश्वरको शिवालयमा जल चढाउने समितिका अध्यक्ष विकासकुमार बनेपालीले बताए ।

प्रकाशित : श्रावण ६, २०७६ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?