कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

छुट्टाछुट्टै घटनामा ३ को मृत्यु

देवनारायण साह

मोरङ — जिल्लामा मंगलबार भएको छुट्टाछुट्टै घट्नामा ३ जनाको मृत्यु भएको छ । विराटनगर–३ गोग्राहा चोकस्थित उत्तर–दक्षिण कोसी राजमार्गको जेब्राक्रसमा एम्बुलेन्सले ठक्कर दिँदा सप्तरीको राजविराज–६ की ५५ वर्षीया उर्मिलादेवी झाको मृत्यु भएको छ । 

छुट्टाछुट्टै घटनामा ३ को मृत्यु

धनुषाको नेश्नल पोली क्लिनिक वीरेन्द्रबजारको ज १ च ११९५ नम्बरको एम्बुलेन्सले बिहान ७:३५ बजे ठक्कर दिँदा घाइते भएकी पैदल यात्रु झाको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो । बाटो काट्ने क्रममा झालाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको उक्त एम्बुलेन्सले ठक्कर दिएको थियो । एम्बुलेन्स र धनुषाको वीरेन्द्रनगर नगरपालिका १ का २२ वर्षीय दीपकुमार मुखियालाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएको छ ।


यस्तै, बुढीगंगा गाउँपालिका ७ मा चट्याङ लागेर स्थानीय ३० वर्षीय रामेश्वर विश्वासको मृत्यु भएको छ । खेतमा काम गरिरहेको समयमा बिहान ११: ३० बजे चट्याङ लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।


यस्तै,जहदा गाउँपालिका १ बुधनगरमा पोखरीमा डुबेर स्थानीय ६० वर्षीय किसन राजवंशीको मृत्यु भएको छ । पोखरीमा नुहाउन गएका राजवंशीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित : श्रावण ७, २०७६ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?