कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाढीपहिरोले सडक अवरुद्ध 

डिल्लीराम खतिवडा

उदयपुर — लगातारको बर्षातसँगै आएको बाढीपहिरोले उदयपुरका अधिका‌ंश सडक अवरुद्ध भएका छन् । असार अन्तिम साताको पहिरोले अवरुद्ध सिद्धिचरण राजर्माग दुईसाता हुदाँ पनि खुलेको छैन ।

कटारी नगरपालिका – ११ ठाँटीमा पहिरो गएपछि अवरुद्ध सडक खोल्न विकल्पमा ५ सय मिटर लामो नयाँ ट्रायक खोल्ने कार्य भइरहे पनि काम सम्पन्न नभएको डिभिजन सडक कार्यालय लाहानका फ्रमुख विनोदकुमार साहले बताए ।


त्यसैगरि खोटाङ जिल्ला सदरमुका दिक्तेललाई तराइसँग जोड्ने सगरमाथा राजर्माग पनि दुई सातादेखि अवरुद्ध छ । उदयपुरको रौतामाई गाँउपालिकाको विभिन्न स्थानमा गएको पहिरो हटाउन नसक्दाँ अवरोध झएको गाईघाट दिक्तेल सडक आयोजनाले जनाएको छ ।


यस्तै निर्माणाधीन मदन भण्डारी लोकर्मागको गाईघाट वेल्टार सडक खण्ड अर्न्तगत चौदण्डीगढी नगरपालिका – १० भातिर्खक क्षेत्रमा पहिरोसँगै सडकमा ठूला रुख खसेर अवरुद्ध भएको इलाका प्रहरी कार्यालय वेल्टारले जनाएको छ । अविरल वर्षासँगै बुधबार राति पहिरो जादाँ सडक अवरुद्ध भएको हो ।


बाढीपहिरोको कारण पुगेको क्षतिको विवरण संकल गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण ९, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?