लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिने 

डिल्लीराम खतिवडा

उदयपुर — दुईसाता अघि बाढीपहिरोले क्षतिग्रस्त लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा आजदेखि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिने भएको छ । प्रदेश १ सरकारले हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरी स्थानीयलाई राहात वितरण गर्ने लागेको हो ।

बाढीपहिरोले ग्रामीण सडक क्षतिग्रस्त भएपछि ती दुई गाउँपालिकामा ढुवानी गर्न नसक्दाँ खाद्यान्न अभाव हुँदै आएको छ । स्थानीय तहको आग्रहमा एक साताका लागि लिम्चुङबुङ र ताप्ली गाँउपालिकामा हेलिकोप्टरमार्फत खाद्यान्य ढुवानी गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । स्थानीय तहको आग्रहमा प्रदेश सरकारले चामल, दाल, नुन र तेल लगायतका खाद्यान्न राहात ढुवानी गरी वितरण गरिने छ ।

प्रदेश सरकारको आग्रहमा संघीय सरकारले ढुवानीका लागि हेलिकोप्टर उपलब्ध गराउने भएको छ । दुई गाँउपालिकालागि १५ हजार ६२ किलोग चालम, १ हजार ५ सय ५ किलोग दाल, १ हजार ५ सय ५ किलो नुन र त्यति नै परिणाममा तेल आवश्यक रहेको जिल्ला विपत व्यावस्थापन समितिले सिफारिस गरेको थियो ।

संघीय सरकारले ढुवानीका लागि हेलिकोप्टरको व्यवस्था गर्ने र आवश्य खाद्यान्न प्रदेश सरकारले खरिद गरी उपलब्ध गराउने प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

प्रकाशित : श्रावण ९, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?