मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन थालियो

कान्तिपुर संवाददाता

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन थालेको छ । मध्यपहाडी लोकमार्ग आसपासमा मापदण्ड मिचेर बनाइएका संरचनाहरु नगरपालिकाले सोमबारदेखि भत्काउन सुरु गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका राजनीतिक सल्लाहकार कमल ढकालका अनुसार अल्छेढुगांस्थित टेकबहादुर मुग्राती, किरात चौक नजिक डिल्लीबहादुर कार्की, सुरेश कार्की लगायतको टहरा पहिलो चरणमा भत्काइएको छ । अब दोस्रो चरण अन्तर्गत मापदण्ड मिचेर बनाइएका पक्की घरहरु भत्काइने ढकालले जानकारी दिए ।

‘मापदण्ड अनुसार सबैको घर टहरा भत्किनुपर्छ ’ अल्छेढुङ्गास्थित टेकबहादुर मुग्रातीले भने,‘आफन्त र विचारको आधारमा भत्काइयो भने दुर्भाग्य हुनेछ ।’ उनले भने,‘जनप्रतिनिधिहरु भनेको अभिभावक हुन्, त्यसैले अभिभावकको भूमिका निर्वाह गर्न जान्नु पर्छ ।’

प्रकाशित : श्रावण २०, २०७६ १८:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

६५ वर्ष कटेको व्यक्ति वित्तीय संस्थामा सीईओ बन्न नपाउने  

यज्ञ बञ्जाडे

काठमाडौँ — राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को उमेर हद तोकेको छ । नयाँ व्यवस्था अनुसार ६५ वर्ष कटेका व्यक्ति सीईओ बन्न नपाउने भएका छन् । राष्ट्र बैंकले सोमबार परिपत्रमार्फत यस्तो व्यवस्था गरेको हो ।

बालुवाटारमा बन्ने नेपाल राष्ट्र बैंक ।


‘६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन पाउने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ६९ वर्ष पछि प्रमुख कार्यकारीमा बहाल रहन सक्ने छैन।’

यस्तै, ७० वर्ष भन्दा मुनिका व्यक्ति मात्र बैंक तथा वित्तीय संस्थामा सञ्चालक बन्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। ‘७० वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन योग्य हुने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ७४ वर्ष नाघेको व्यक्ति सञ्चालकमा बहाल रहन सक्ने छैन।’

यो व्यवस्था राष्ट्र बैंकले प्रस्तावित बाफियामा गरेको छ। बाफिया अहिले स्वीकृतिको क्रममा छ। त्यसअघि नै राष्ट्र बैंकले निर्देशन मार्फत यो व्यवस्था ल्याएको हो।

यो व्यवस्थाले तत्काल प्राइम बैंकका सीईओ तथा एभरेषट बैंकका अध्यक्षले पद छोड्नुपर्ने छन्।

प्रकाशित : श्रावण २०, २०७६ १८:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT