कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

४० हजार नक्कली नोटसहित किशोर पक्राउ 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईबाट बुधबार बिहान नेपाली एक हजार दरका ४० हजार नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन् ।

प्रहरीले हजारका ४० नोटसहित १६ वर्षीय अनिल मियाँलाई नियन्त्रणमा लिएकाे हाे । सिवाई बजारको नैनादेवी चौधरी र पर्वत गुप्ताको पसलमा दैनिक उपभोग्य वस्तु खरीद गर्ने क्रममा एक हजारको नोट नक्कली जस्तो देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


मियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा घरमा राखिएको हजार दरका थप ३९ हजार रुपैया बरामद गरेको हो ।


प्रकाशित : श्रावण २२, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?