चिर्पट प्रहार गरी बुवाको हत्या

अर्जुन राजवंशी

दमक — चिर्पट प्रहार गरी झापाको कमल गाउँपालिका–१ का ३१ वर्षीय प्रकाश थापाले ७० वर्षीय बुवाको हत्या गरेका छन् । 

शुक्रबार बिहान सवा ७ बजे बुवा सूर्यबहादुर थापा र छोरा प्रकाशबीच घरायसी विषयमा विवाद भएको थियो । विवादकै क्रममा प्रकाशले बुवाको टाउकोमा चिर्पट प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


चिर्पट प्रहारबाट गम्भीर घाइते सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । प्रकाशलाई प्रहरी चौकी तोपगाछीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : श्रावण २४, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?