२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

उपचुनाव हुने भएपछि दलहरू सक्रिय

कान्तिपुर संवाददाता

सुनसरी — निर्वाचन आयोगले रिक्त रहेका स्थानीय, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिको निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने तयारी सुरु गरेसँगै धरानका राजनीतिक दलहरूले आन्तरिक तयारी सुरु गरेका छन् ।

०७५ साउन १ गते उपमहानगर प्रमुख तारा सुब्बाको निधन भएपछि उक्त प्रमुख पद रिक्त भएको छ । निर्वाचन आयोगले प्रमुख वा उपप्रमुखको पद रिक्त भएमा चुनाव गराउन सकिने प्रावधान राखेअनुसार रिक्त भएको स्थानीय, प्रदेश र प्रतिनिधिसभा सांसदका लागि मंसिर दोस्रो साता मुलुकभर एकैसाथ चुनाव गराउने लक्ष्य राखेको छ । नेकपा र कांग्रेस पार्टीले आन्तरिक तयारीमा जुटेका छन् ।

प्रमुख तारा सुव्बाको निधनपछि उपप्रमुख मन्जु भण्डारी सुवेदीले कार्यवाहक प्रमुख भएर उपमहानगर चलाइरहेकी छन् ।

०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार तारा सुव्बासँग ४ हजार ८ सय ७३ मतले पराजित कांग्रेसका नगर सभापति तिलक राईले अबको चुनावमा नेकपाको उम्मेदवारलाई पराजित गर्न कठिन मिहिनेत गर्नुपर्ने बताए ।


नेकपाले आन्तरिक तयारी गरे पनि तत्कालीन माओवादी केन्द्रसँग एकता भएकाले जसलाई प्रमुखको टिकट केन्द्रले दिए पनि सजिलै जित हासिल गरिन्छ भनेर ढुक्क अवस्थामा छ । स्थानीय तहको चुनावमा कुल मतदाता मतदाता ७९ हजार २ सय ८२ मत मध्ये ५३ हजार ८ सय १२ मत खसेको थियो ।


निर्वाचन आयोग सुनसरीका अनुसार ०७६ असार मसान्त सम्ममा थपिएका सहित गरी ९६ हजार ६ हजार ७१ जना मतदाता पुगेका छन् । निर्वाचन आयोगमा पछिल्लो समयमा ३ हजार ९ सय २४ पुरुष र २ हजार ३ सय १ महिला मतदाता थपिएका छन् ।

प्रकाशित : श्रावण २८, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?