कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

१३५ किलोमिटर सडक कालोपत्र गरिँदै

लीलावल्लभ घिमिरे

पाँचथर — जिल्लामा आगामी २ वर्ष भित्र करिब १ सय ३५ किलो मिटर सडक कलोपत्रे हुने भएको छ । जिल्लामा ५ वटा महत्वपूर्ण सडकहरुको कालोपत्रेका लागि ठेक्का  लागि सकेको छ ।

१३५ किलोमिटर सडक कालोपत्र गरिँदै

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्बोले बिहीबार प्राथमिकतामा रहेका तीनवटा सडकको शिलान्यास गरे ।

यी सडकहरु प्रदेश सरकार र संघीय सरकारको लगानीमा कालोपत्रे हुन् लागेका हुन् । मन्त्री आङ्बोले फिदिम–फालौट १० किलोमिटर, सगरखण्डे–यासोक ११ र शिवा–दोभान–लुम्फाबुङ करिब १४ किमी सडकको छुट्छुटै कार्यक्रममा शिलान्यास गरेका हुन् ।

शिलान्यास भएको शिवा–दोभान–लुम्फाबुङ नवमिडाँडा सडक पहिलो चरणमा १३ दशमलव ९ किलोमिटर सडकमा कालोपत्रे हुने छ । ५९ करोड ३६ लाखको लागतमा सडक कालोपत्रे हुन लागेको हो ।


पाँचथरको फिदिम नगरपालिका अन्तर्गत सगरखण्डे–यासोक ११ किलोमिटर सडक खण्ड कालोपत्रे गर्न बिहीबार डोजर स्टार्ट गरेर शिलान्यास गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो । तस्बिर : लीलावल्लभ घिमिरे/कान्तिपुर


याक्थुङहाङ कान्छाराम जेभी निर्माण सेवाले ठेक्का पारेको छ । यो सडकले सदरमुकाम फिदिमलाई ग्रामीण क्षेत्रसँग जोड्ने छ । ११ किमी सगरखण्डे–यासोक सडक पनि कालोपत्रे हुने भएको छ । ५३ करोड ३३ लाख ६ हजार ४ सय ८१ रुपैंयाको लागतमा निर्माण हुने यो सडकले पाँचथरको व्यापारिक केन्द्र यासोक बजारलाई सदरमुकामसँग जोड्ने छ ।

यसैगरी फिदिम–फालौट १० किलोमिटर सडक खण्डमा कालो पत्रे हुने भएको छ । कुल ५२ करोड ६७ लाख ३० हजार ८ सय १३ रुपैंया लागतमा सडक निर्माण हुन लागेको हो । बिहीबार शिल्यानस भएका तीनवटै सडक निर्माण सम्पन्न भए ग्रामीण क्षेत्रसम्म सदरमुकामसम्म आउजाउ सहज हुने छ ।

यसबाहेक रवी–राके–भेडेटार सडक खण्ड अन्तर्गत पाँचथर जिल्लामामा ६४ किलोमिटर कालोपत्रे हुने छ । यहाँ काम सुरु भइसकेको छ । यसैगरी मायालु मोड–नवमीडाँडा १४ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का लागि सकेको छ ।

सल्लेरी–मुवा खोला सडक खण्डको साडे २४ किलोमिटरमा समेत कालोपत्रे हुन काम सुरु भइ सकेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरमा १९ किलोमिटर सडक कालोपत्रे भएको छ भने ४२ किलोमिटर हुने क्रममा छ । यसैगरी पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरा सम्मको १४८ किलोमिटर बहुचर्चीत कोशी करिडोर पनि निर्माणका क्रममा छ ।


हिउँदमा मात्र ग्रामीण सडक

जिल्लाभर सडक सञ्जाल छ । तर व्यवस्थित छैन । ग्रामीण सडकमा मात्र होइन नगरपालिकाका भित्री सडकमा समेत वर्षामा एम्बुलेन्ससम्म सञ्चालनमा आउन सक्ने अवस्था छैन् । वर्षामा अधिकाश ग्रामीण सडक अवरुद्ध हुन्छन् । यतिखेर पनि गाँउजाने धेरै सडक बन्द भएका छन् ।

सडकहरुलाई राम्रो बनाउने भन्दा पनि कसरी गाँउ, टोल र घर नजिक लैजाने होडमा बिना प्राविधिक खनिँदा विकास भन्दा बढी विनास हुने गरेको छ ।

स्थानीय तहमा जनप्रनिधि आएसँगै उनीहरुको पहिलो प्राथमिकता सडक निर्माण छ । जिल्लाका ८ वटा स्थानीय तह मध्ये अधिकांशले आफ्नै बजेटले जोडर किनेर सडक खनिरहेका छन् । प्रदेश सरकारले पनि सडक निर्माणलाई प्राथमिकतामा राखेको छ ।

जिल्लामा १२ महिनानै गाडी चल्ने सडक थाेरै छन् । सडकहरु प्राविधिक दृष्टिकाेणले एकदमै कमजोर छन् । वर्षामा अधिका‌ंश सडक चल्दैनन् । प्राथमिकताको छनौट र आवश्यतालाई मध्यनजर गर्न नसक्दा सडकहरु प्राविधिक रुपमा उत्तम र गुणस्तरी बन्न नसकेको प्राविधिकहरु बताउँछन् ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालयको तथ्यांक अनुसार जिल्लामा २ हजार ४ सय ४२ किलोमिटर ग्रामीण बनेको थियो । त्यस मध्ये मुस्किलले २ सय ५० किलोमिटरमामात्रै १२ महिना गाडी कुद्छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै २ वर्षको अवधिमा सडक खन्ने क्रममले तीब्रता पाएको छ । एकिकृत रुपमा तथ्यांक नभए पनि जिल्लामा करिब ३ हजार किलोमिटर सडक सञ्जाल विस्तार भएको अनुमान छ ।

यहाँका सात गाँउपालिका मध्ये याङवरकको केन्द्रमामात्र नियमित गाडी पुग्छ । मध्यपहाडी लोकमार्गको कालोपत्रे भएकाले यो गाँउपालिकाको केन्द्रसम्म सडक पुगे पनि अन्यत्रको अवस्था उस्तै छ ।

अब सडक बढाउने भन्दा पनि प्राथमिकतामा राखेर सडकहरु कालोपत्रे गर्ने काम सुरु भएको आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले वताए । उनको गृह जिल्ला पाँचथर नै हो ।

प्रकाशित : श्रावण ३१, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?