कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई बालिका बलात्कार - प्रहरीले दर्ता गरायो मुद्दा

महोत्तरी — पीडित परिवारलाई दबाबमा पारी गाउँघरमै मिलापत्र गराउन खोजिएको दुई बालिकामाथि सामूहिक बलात्कारका घटनालाई महोत्तरी प्रहरीले हस्तक्षेप गरि मुद्दा दर्ता गरको छ । डीएसपी प्रकाश मल्लले घटनामा संलग्न एकजनालाई पक्राउ गरिसकिएको र फरार ३ जनाको खोजी जारी रहेको जनाए ।

दुई बालिका बलात्कार - प्रहरीले दर्ता गरायो मुद्दा

सोनमा गाउँपालिका–२ स्थित तड्हारी गाउँको यो दुर्दान्त घटना बिहीबार साँझ साढे ५ बजेतिरको हो । विपन्न परिवारकी दुई बालिका १७ वर्षीया जलकुमारी र १६ वर्षीया झर्नाकुमारी (नाम परिवर्तन) सधैं झंै घाँस लिन चौरतिर गएका थिए । नातामा उनीहरू फुपू–भदै हुन् ।


जलकुमारी स्याउला भाँच्न शिवनाथ बनियाँको आँप बगैंचातिर लागिन् । झर्ना भने घाँस काट्न केही पर रहेको रहर खेतमा पुगिन । मोटरसाइकलमा घुमी हिंडेका सोनमा ८ का १८ वर्षीया अरुण महतो नुनियाको नजर जलमाथि पर्‍यो । सुनसान आँप बगंैचामा एक्लै फेला पारेपछि जबरजस्ती गर्न थाले ।

प्रहरीकाअनुसार मौकामै सोनमा ८ का २४ वर्षीय मनोज साह तेली , २० वर्षीय उपेन्द्र सदा मुसहर र १८ वर्षे ओजिर मियाँ नदाफ पुगे । छटपटाइरहेकी बालिकामाथि जबरजस्ती गरेको देखेर तीनैजनाले हस्तक्षेप गरे । अरुण कपडा सम्हाल्दै त्यहाँबाट भाग्यो । तर त्यतिबेलासम्म उनको अस्मिता लुटिसकिएको थियो ।

घटनास्थल पुगेको तीनजनालाई देखेपछि जलले सहारा र उद्धारको आशा गरिन् । तर ओजिर मियाँ नदाफले डरधम्की दिँदै जबरजस्ती गरे । साथै रहेका अरू पनि नदाफकै पक्षमा उभिए ।


लगतै दोस्रोपल्ट बलात्कारमा परेकी जल रुँदै भदैनी झरनालाई भेट्न रहर खेततर्फ हिँडिन् । उनी रहर खेततर्फ गएपछि अर्की बालिका झर्ना पनि रहेको थाहा पाए र तीनैजना केटा पनि रहर खेततर्फ लागे ।

पीडित बालिकाले प्रहरीलाई दिएको बयानअनुसार उनीहरू आएको थाहा पाएपछि पुन: बलात्कारमा पर्ने डरले दुवै बालिका भाग्दै बिकाउ यादवको परालको टाल (कुन्यु) मा पुगेर लुके । तर पिछा गर्दै आएका उनीहरूले फेला पारी दुवै बालिकालाई अपहरण शैलीमा लुकेको ठाँउदेखि उत्तर–पश्चिम पर्ने देवधारी यादवको उखु खेतमा पुर्‍याए । त्यतिबेला रातको करिब साढे ६ बजिसकेको थियो । उखु खेतमा मनोज र उपेन्द्रले १६ वर्षीया झरनाको पालैपालो अस्मिला लुटे । जलकुमारीलाई भने नदाफले नियन्त्रणमा लिएका थिए ।


‘हाम्रो इज्जत लुटेपछि तीनैजनाले घटनाबारे कसैलाई न भन्न हामीलाई धम्क्याए’ शुक्रबार आमाका साथ जिल्ला प्रहरी पुगेका पीडित बालिकाले बयानका क्रममा बताए ‘उखु खेतबाट निस्केपछि उपेन्द्र सदाले त ‘हामीलाई कसैले केही गरेको छैन’ जबरजस्ती भनाउन लगाएर भिडियो रेकर्ड पनि गरेका छन् ।’

अँध्यारो भइसक्दा पनि छोरीहरू फर्केर नआएपछि जलकुमारीको बुबाले खोजबिन गर्न थाले । केहीबेरपछि छोरीहरू त आए तर घाँसदाउराको साटो दुवैका आँखामा आँसु थियो । घटना थाहा पाएर आक्रोशमा आएका दुवैका परिवारले न्यायका लागि समाज गुहारे ।


प्रहरी निरीक्षक केदार बस्नेतका अनुसार रातिदेखि नै घटनालाई गाउँघरमै मिलाउन खोजिएको थाहा पाएर प्रहरीले हस्तक्षेप गरी भोलिपल्ट जलेश्वरस्थित जिल्ला प्रहरीमा जलकुमारीका बुबाको जाहेरीले शुक्रबार नै मुद्दा दर्ता गरेको छ । उनीहरूको मुद्दाका लागि गरिबीका कारण उनी जलेश्वर आउन मानेका थिएनन् । गाउँमै मिलाउन खोजेका थिए । प्रहरीले जाने–आउने र रक्त परीक्षणको खर्च व्यहोरेपछि शुक्रबार जलेश्वर पुगेका थिए । जिल्ला प्रहरी पुगेका पीडित बालिकाको दयनीय अवस्थाले प्रहरीको समेत मन पगालेको थियो । लगाएको सुरुवालसमेत फाटेको थियो । प्रहरी निरीक्षक बस्नेतले नयाँ कपडा दिएका थिए ।

जिल्ला प्रहरी अपराध अनुसन्धानका सई सुखाडी साहका अनुसार उनीहरूको कपडामा विर्यका दाग थिए । ‘स्वास्थ्य परीक्षणको रिपोर्टमा पनि योनी सुन्निएको, हाइमन च्यातिएको उल्लेख छ’ उनले भने ‘अस्पतालबाट प्राप्त उनीहरूको भेजिनल स्वाव परीक्षणका लागि प्रहरीको सामाखुसीस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।’


प्रहरीले यति तत्परता देखाए पनि पीडित परिवारको गरिबीको फाइदा उठाउँदै गाउँका केही बिचौलियाहरूले उतै मिलाउन दबाब दिएकोले प्रहरीलाई बयान र अुनसन्धानमा समस्या परेको छ । आइतबार (आज) बयानका लागि बोलाइएकोमा पीडित परिवारले खर्च नभएको लाचारी प्रकट गर्दै जिल्ला प्रहरीमा उपस्थित हुन नसकेको प्रनि बस्नेतले बताए ।


‘अब पीडितको घरमै पुगेर भए पनि बयान लगायतका कानुनी प्रकृया पूरा गर्ने सोचमा छौं,’ प्रनि बस्नेतले भने, ‘तर सामूहिक बलत्कारजस्तो जघन्य घटनामा पीडितलाई न्याय दिलाएरै छाड्ने प्रयासमा लागेका छांै ।’

प्रकाशित : माघ २२, २०७४ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?