कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालिका बलात्कार गर्ने लुंगेलीलाई १० वर्षको कैद सजाय

रासस

महोत्तरी — तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ । गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाइएको छ । 

बालिका बलात्कार गर्ने लुंगेलीलाई १० वर्षको कैद सजाय

विसं २०७३ कात्तिक १६ गते स्थानीय तीन वर्षीया बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको मुद्दामा जिल्ला अदालत महोत्तरीका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको बेन्चले सो फैसला सुनाएको हो । जिल्ला प्रहरी कार्यालयले आज दिएको जानकारीअनुसार भुजेललाई सो रकम पीडित बालिकालाई क्षतिपूर्ति भराई दिने सजाय भई मुद्दा फैसला भएको छ ।


निज प्रतिवादी कुमार भुजेलले रक्सी सेवन गरी भान्जीलाई खेलाउन लान्छु भन्दै गाउँ नजिकैको सीताराम लुंगेलीको उखुबारीमा लगी बलात्कार गरेका थिए । भाइटीकाका दिन भुजेलले नातामा भान्जी पर्नेलाई बलात्कार गरेको भन्दै २०७३ साल कात्तिक १७ गते इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।

---

प्रकाशित : माघ २३, २०७४ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?